प्रदेश २ : माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुख तीन पुगे

डिसी नेपाल
८ पुष २०७८ १०:२८
320
Shares

काठमाडौं। नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ। माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो।

ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बाेधन गर्न जाँदैछन्। अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन्।

यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.