कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सुरु

डिसी नेपाल
८ पुष २०७८ १०:३७
52
Shares

सप्तरी। नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ। बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि बिहीबार मतदान सुरु गरिएको हो।

जनकपुर स्थित गोपाल धर्मशालामा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेकाे हाे।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो।

कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.