युवा पनि राजनीतिमा आउनुपर्छः लिङ्देन

डिसी नेपाल
८ पुष २०७८ २२:४९
52
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन्। तुलसीपुरमा आज भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ । गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उनले भने, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.