२२० जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु

डिसी नेपाल
१४ पुष २०७८ १७:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा २२०जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र १ हजार १७५ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४ हजार ४६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *