गोकुल बास्कोटाको व्यंग्य : प्रचण्डको प्रस्तावमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध

डिसी नेपाल
२० पुष २०७८ १०:५५
300
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएसँगै एमाले नेता तथा पूर्व संचारमन्त्री गोकुल बास्कोटा व्यंग्य गरेका छन्।

बास्कोटाले सामाजिक संजालमा लेख्दै भनेका छन्,‘प्रचण्डको प्रस्तावमा पुष्पकमल दहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना।’

३५ वर्षदेखि निरन्तर पार्टीको नेतृत्वमा रहेका दाहाल यो पटकपनि निर्विरोधन नेतृत्वमा आएसँगै विभिन्न टिकाटिप्पणी हुन थालेको छ। दाहालले केही साता पहिले एमाले महाधिवेशन पञ्चर्यालीमात्र भएको संज्ञा दिदै माओवादीले नयाँ नीतिसंगै नेतृत्व चयन गर्ने धारणा व्यक्त गरेका थिए।

तर माओवादीको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.