बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने

डिसी नेपाल
२१ पुष २०७८ २०:१८
32
Shares

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ ।

विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ ९क०मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्न सकिने उल्लेख छ । चिकित्सा शिक्षाको एमबिबिएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिन नै वञ्चित गराउँदै आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *