माओवादीले बनायो एमसीसी सुझाव कार्यदल

डिसी नेपाल
९ माघ २०७८ ६:१३
48
Shares

काठमाडौं। नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ। कार्यदलको नेतृत्वबारे भने खुलाइएको छैन। पूर्वस्थायी कमिटी सदस्य तथा आयोग प्रमुखहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको महराले बताए।

बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *