त्रिशूली-३ ए मा उद्धार कार्य जारी, एक शव निकालियो

डिसी नेपाल
१९ भदौ २०८३ १५:२८

काठमाडौं। माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको छ

दुई जनाको जीवितै उद्धार पछि एक जनाको शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन्।शवको पहिचान हुन भने बाँकी रहेको छ।

आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो। उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कवीर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ। त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ।

उद्धारस्थलमा सुरुङको मुख्यद्वारमा पहाड खसेर थिनिएको भएपनि सुरुङ भित्र भने त्यस्तो असहज अवस्था नरहेको उद्धारस्थलबाट नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *