सशस्त्र प्रहरीको २१ औं स्थापना दिवस, उत्कृष्ट काम गर्ने कार्यालय र प्रहरी अधिकारी पुरस्कृत

डिसी नेपाल
९ माघ २०७८ ११:०८
44
Shares

काठमाडौं। सशस्त्र प्रहरीले स्थापना दिवसमा अवसरमा वर्षभरीका उत्कृष्ट कार्य गर्ने कार्यालय र प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरेको छ।

मुख्यालयमा आइतबार विहान आयोजितक कार्यक्रममा उनीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। उत्कृष्ट कार्य गरेर पुरस्कृत हुने अधिकृतहरुमा डिएसपी सुमनजंग थापा, डिएसपी सुमन बोगटी, सशस्त्र प्रहरी बल मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापा उत्कृष्ट कार्य गरेवापत पुरस्कृत भएका छन्। त्यस्तै इन्स्पेक्टरहरु सुवर्ण पोखरेल, गान्धर कुमार चौलागाईं पनि पुरस्कृत भएका छन्।

सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश (तत्कालीन प्रदेश २) महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएको छ। बलका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो। यस्तै बलको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ।

यसको नेतृत्व एसएसपी अन्जनीकुमार पोखरेलले गरिरहेको शिक्षालय उत्कृष्ट बनेको हो। यस्तै सशस्त्र प्रहरी बल नेपालका रिजर्भ सहित ४६ गणमध्ये कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट हुन सफल भएको छ। हाल सरुवा भएका यसका गणपति एसपी ध्रुब कार्कीले गरेको कार्यका लागि उत्कृष्ट ठहर गरेको हो।

सशस्त्र प्रहरी बल नेपालको देशभर रहेका ४४ गुल्ममध्ये अति विकट र जोखिमपूर्ण स्थानमा रहेको तेह्रथुमको म्याङलुङस्थित ३ नम्बर गुल्म उत्कृष्ट भएको छ। सशस्त्र प्रहरीका देशभर दक्षिण र उत्तर भारत तथा चीन सीमाक्षेत्रमा रहेका १२९ बीओपीमध्ये झापाको टाघनडुब्बास्थित बोर्डर आउट पोस्ट उत्कृष्ट भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.