उपचारपछि आज स्वदेश फर्किँदै वर्षमान पुन

डिसी नेपाल
१० माघ २०७८ ८:२२
60
Shares

काठमाडौं। उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन्। चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन्।

उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन्। वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए।

त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो। पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन्। उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *