महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान

डिसी नेपाल
११ माघ २०७८ १४:३१
48
Shares

महोत्तरी। महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन्। पछिल्लो तीन महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ।

कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन्। यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा परी १४ जनाले ज्यान गुमाए भने दुई सय ४२ जना घाइते भए।

जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार ३० पुरुष, चार महिला र दुईजना बालबालिका गम्भीर घाइते बनेका छन् । एक सय ४३ पुरुष, ६१ महिला र ३८ जना बालबालिका सामान्य घाइते भएका थिए।

दुर्घटना परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष छन् । पछिल्लो तीन महिनामा घाइते हुनेमा भने महिलाको संख्या अधिक छ । यो अवधिमा ६४ जना महिला घाइते भएका छन्।

प्रहरीले दुर्घटनालाई नै मध्यनजर गरी कात्तिक महिनामा सात, मंसिरमा ४८ र पुसमा ४२ वटा गरी ९७ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सक्रियता देखाए पनि तथ्यांकले दुर्घटनामा झन् वृद्धि भएको देखाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *