वेस्ट इन्डिजविरुद्ध भारतकाे सहज जित

डिसी नेपाल
२४ माघ २०७८ ६:३७
76
Shares

काठमाडौं। भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ। अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ।

१७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए । सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै १७६ रनमा समेटियो। वेस्ट इन्डिजका जासन होल्डरले सर्बाधिक ५७ रन बनाए । फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८-१८ रनको योगदान गरे।

भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए। दोस्रो एकदिवसीय आज हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *