लागुऔषध ब्राउन सुगरसहित कपनबाट तीन जना पक्राउ

डिसी नेपाल
२५ माघ २०७८ १३:३६
64
Shares

काठमाडौं। प्रहरीले काठमाडौंको कपनबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनस्थित आकाशेधाराबाट बर्ष २२ को पासाङ छिरिङ शेर्पा, गोपिकृष्ण हल नजिकबाट बर्ष २७ को खगेस खत्री र तारकेश्वर न.पा वडा नं. ११ हिलेटोलबाट वर्ष २४ को तेन्जिङ्ग शेर्पा रहेका छन्।

उनीहरु मध्ये लाई माघ २४ मा साँझ कपनबाट खटिएको टोलीले आकाशे धाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा र २३ वर्षका खगेस खत्रीलाई पक्राउ गरेको थियो। उनीहरुको बयानको आधारमा शेर्पालाई नि पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुरुमा पक्राउ परेका पासाङ छिरिङबाट प्रहरीले ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। सो ब्राउन सुगर कञ्चनपुर घर भएर बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्ने खत्रीले राख्न दिएको पासाङ छिरिङले बयान दिएका थिए।

उनीहरुको बयानको आधारमा प्रहरीले नयाँ बसपार्कस्थित हिलेटोलबाट शेर्पालाई पक्राउ गरेको र उनको साथबाट १६.८ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *