विदेशबाट आएको भन्दै झोलाभरी पैसा बोकेर हिडेका युवक पक्राउ
काठमाडौं । विदेशबाट आएको भन्दै झोलाभरी पैसा बोकेर हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको सो रकम ७० लाख रुपैयाँ भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना रहेका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको हो ।
पक्राउ परेपछि ढुंगानाले सो रकम जापान बस्ने एक जना साथीले दिएको र अर्को एक जना मान्छे लिन आउने बताएको बयान दिएका छन् । तर ती जापान बस्ने भनिएका साथीहरुको खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार ढुंगानाले सो रकम एक ठाउँबाट अर्को ठाउँमा रहेको हुण्डी कारोवारीकोमा पुर्याउन जादै गर्दा प्रहरीले बाटोबाट बरामद गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाउन लागेको छ ।







डिसी नेपाल








Facebook Comment