मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको निरिक्षण, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी

डिसी नेपाल
२५ माघ २०७८ १८:१८
40
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटिमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको बताएकी छन् ।

मंगलबार भृकुटिमण्डप क्षेत्रको निरिक्षण गर्दै मन्त्री रेग्मीले बिचौलिया मार्फत हुने कारोबार रद्द गरेर सोझै समाज कल्याण्डा परिषद मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन् ।

समाज कल्याण परिषद अध्यक्ष समेत रहेकी मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा, जमीनलाई उपयोग गर्ने रणनिति समेत बनाएको जानकारी दिइन् ।

‘तरकारी बजार, फनपार्क, होटल लगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखे’, उनले भनिन्, ‘अब छिट्टै नतिजा देख्नु हुनेछ ।’

कतिपय संस्थाले लामो समय सम्म पनि भाडा नतिरेको बताउँदै मन्त्री रेग्मीले पैसा नतिरी अटेर गरि बस्ने , जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारवाही गर्ने जनाइन् ।

भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *