स्रोत नखुलेको नगदसहित २९ वर्षीय ढुंगाना पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ढुंगानालाई काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ बरामत गरिएको छ। यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment