बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

डिसी नेपाल
२८ माघ २०७८ ७:५४
52
Shares

काठमाडाैं। हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ।

दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.