बीपीडब्ल्यू लघुवित्तले आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल
काठमाडौँ। बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाको ९७ हजार कित्ता आइपिओ आउने भएको छ। संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ९७ लाख रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले उक्त सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।
काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ। सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन्।
आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment