काठमाडौंको धोबीखोलामा महिलाले हाम फालिन्
काठमाडौं । काठमाडौंको धोबीखोलामा आज एक महिलाले हाम फालेकी छन्। कालोपुल र रातोपुलको बीच भागबाट ती महिलाले खोलामा हाम फालेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको छ। हाम फाल्ने महिला अन्दाजी ३५ वर्षकी छन् भने उनले सेतो टिसर्ट लगाएकी र कम्मरमा गुलाबी रङको ज्याकेट बाँधेकी थिइन्।
हालसम्म ती महिलाको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। खोलामा पानीको बहाव र अवस्थालाई मध्यनजर गर्दै प्रहरीले व्यापक रूपमा खोजी कार्य जारी राखेको छ।
घटनाका कारण र महिलाको पहिचानबारे हालसम्म केही खुल्न सकेको छैन।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment