राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो। सभाले समितिको संशोधनलाई स्वीकार गरेको छ। सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन विधेयक ल्याइएको बताए।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथिको छलफलमा रेणु चन्दले भाग लिएकी थिइन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment