लाभांश पारित गर्न जानकी फाइनान्सले बोलायो वार्षिक साधारण सभा
काठमाडौं। जानकी फाइनान्सले लाभांश पारित गर्न फागुन ७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गरेको छ । यसर्थ, माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।







डिसी नेपाल








Facebook Comment