विकास साझेदारले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री
काठमाडौं । विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८\८९ को पहिलो ६ महिना ९साउदन देखि पुससम्म०को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् ।
यस अवधिमा विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ ।
यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment