माैसममा सुधार, वर्षाकाे सम्भावना छैन
काठमाडाैं। माैसममा पूर्ण रुपमा सुधार आएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन।
पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएकाे छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएकाे छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment