यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ ०२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा छ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६८ पैसा र बिक्री दर १३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ०१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०५ पैसा र बिक्री दर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०६ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment