सेयर बजारमा पहिरो, १०१.२४ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१ फागुन २०७८ १५:११
36
Shares

काठमाडौं । फाल्गुन महिना सुरु भएको पहिलो दिननै सेयर बजारमा पहिरो गएको छ ।  आइतबार नेप्से परिसूचक १०१.२४ अङ्कले घटेर २ हजार ७००.३२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । यस कम्पनीको ३१ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ सय ४६ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर कम्पनीको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटै उपसुचक घटेका छन् । आज नेप्सेमा एनआईबिएल सम्वृद्धि फन्द-२ र सनराइज ब्लु चिप फण्डका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने अपर तामाकोशी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.