दुई कम्पनीको ४३ लाख १८ हजार ३५८.०६ कित्ता  बोनस सेयर सूचिकृत, कुनको कति ?

डिसी नेपाल
२ फागुन २०७८ १२:१७
40
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको ४३ लाख १८ हजार ३५८.०६ कित्ता  बोनस सेयर सूचिकृत भएको छ । सोमबार सेयर सुचिकृत हुनेमा ज्योति विकास बैंक र नेपाल ल्युब आ​यल रहेको छ ।

ज्योति विकास बैंक लिमिटेडको ४२ लाख २९ हजार ३ सय ५.०६ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, नेपाल ल्युब आ​यलको ९० हजार ५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.