महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिट

डिसी नेपाल
२ फागुन २०७८ १३:२२
32
Shares

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता प्राथमिक शेयर( आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा  सानिमा क्यापिटललाइ नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागिएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.