झिनो अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
२ फागुन २०७८ १५:१९
36
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ०.०८ अङ्कले घटेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर रहेको छ । यस कम्पनीको ३१ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ सय ४६ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा १३ बाट उपसुचकमा ८ बाट उपसुचक बढेको छ भने बाँकी ५ वटा उपसुचक घटेको छ । आज नेप्सेमा बुद्धभुमि नेपाल हाइड्रोपावर र सपोर्ट माइक्रफाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मैलुङ्ग खोलाजलबिद्युत र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.