मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च सुरु

डिसी नेपाल
२५ असार २०८३ १८:२४

जनकपुर। मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च सुरु गरेका छन्।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन्। पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए। साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन्।

पैदल मार्च सुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए।

उनले बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे।

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए।

उनले काठमाडाैं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए। उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमान्डौ सम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *