नेप्सेमा चार वटा कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वटा कम्पनीको २ करोड ३४ लाख ३७ हजार १४८.८५१ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबार सेयर सूचिकृत हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.०२ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो सेयरधनीलाई १२.६११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
महुली लघुवित्त वित्तीय संस्थाको ४ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ४७.५ प्रतिसह्त बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
मेरो माइक्रोफाइनान्स लघुवित्तको २० लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।







डिसी नेपाल








Facebook Comment