सेयर बजारमा हरियाली, ५३.३० अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर २ हजार ७५४.२८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी रहेको छ । यस कम्पनीको २२ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ हजार ३ सय ४२ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ । आज नेप्सेमा न्याग्दी हाइड्रोपावर र तेह्रथुम हाइड्रोपावर लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment