राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुल्ला

डिसी नेपाल
४ फागुन २०७८ ९:४५
116
Shares

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ८ लाख ५० हजार कित्ता आइपिओ आज (फागुन ४ गते)देखि बिक्री खुला भएको छ । संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो ।

संस्थाले जारी गर्ने आइपिओमध्ये ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । भने, बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्बसाधारणले आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ। लगानीकर्ताले यस आइपिओमा फागुन ८ गतेभित्र आवेदन दिई सक्नुपर्ने छ। कम्पनीले तोकेको समयमा आइपिओमा आवश्यक मात्रामा आवेदन नपरेमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.