ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
४ फागुन २०७८ ११:१७
132
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो। मंगलबार सुन प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ५ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.