१९ अंकले घट्यो नेप्से, परिसूचक २७३४ विन्दुमा

डिसी नेपाल
४ फागुन २०७८ १५:११
24
Shares

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १९.८४ अङ्कले घटेर २ हजार ७३४.४४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी रहेको छ । यस कम्पनीको २१ करोड १४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय २३ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये २ बाट उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आज नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने बुद्धभुमि नेपाल हाइड्रोपावर र मैलुङ्ग खोला जलबिद्युतका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.