प्रहरी भर्ना विज्ञापनविरुद्ध सर्वोच्चमा मधेश सरकारको रिट

डिसी नेपाल
६ फागुन २०७८ १६:१६
56
Shares

काठमाडौं । नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको सञ्चारमन्त्री साहले जानकारी दिए।

सर्वोच्चमा फागुन १० गतेका लागि पेशी तोकिएको छ। रिटमा कानुनविपरीत भएको प्रहरी भर्ना विज्ञापनलाई उत्प्रेषणको आदेश बदर गर्न माग गरेको सञ्चारमन्त्री साहले जानकारी दिए।

प्रहरी कर्मचारी समायोजन ऐन २०७६, विपरीत गएको मङ्सिर १० गते प्रहरी प्रधान कार्यालयले निरीक्षकदेखि कार्यालय सहयोगीसम्मको पदमा आवेदन खुलाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *