युक्रेन रुस युद्धः अलपत्र नेपालीको उद्धारमा के गर्दैछ एनआरएनए ? (भिडियो)
काठमाडौं । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो ।
युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।
नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मजीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुने छन् ।
केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भवनाको बारेमा संघले छलफल थालेको हो ।
युरोपियन युनियनका कयौ मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पिडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment