युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे)
पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त पोल्याण्डको सिमानामा पुगेका छन्। पोल्याण्डको बोर्डरमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्।
जर्मनीबाट करिव १२ सय ५० किलोमिटरको यात्रा गरेर नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्।
पोल्याण्डको सिमानामा पुगेपछि पोल्याण्डमा राखिएका सिविरमा धेरै दिनदेखि हिँडेर आएका नेपालीको खुट्टा सुनिएकाे छ। उनीहरु सयौं किलोमिटर हिँडेर युक्रेनबाट पोल्याण्डको सिमाना पुगेका हुन्।
पोल्याण्डको सिमाना पुगेपछि एक नेपालीले भने,’यो सबै रसियाको कारणले भएको हो। रसियाले बम पड्काएको हुनाले युक्रेन छोड्नु परेको हो। ‘ युक्रेनमा बम पड्केको दिनदेखि दुई दिन हिंडेर पोल्याण्डको सिमाना पुगेको उनले बताए। युक्रेनको सिमानामा बिदेशी नागरिकले सीमा पर गर्न कठिन रहेको पनि बताए। युक्रेनको सिमानामा बालबालिका, बृद्ध, युवती र त्यस देशका नागरिकहरुलाई पहिलो प्राथमिकतामा सिमा पर गराए। नेपाली र अन्य देशका नागरिकहरुलाई सिमा क्षेत्रमा कडाई गरिएको पनि एक नेपालीले बताए।
युक्रनबाट दुइ दिनदेखी हिंडेर आएको हुनाले आफुसँग भएको रकम सकिएको र त्यहाँ बसोबास गर्न रकम जुटाउनु पर्ने समस्या रहेको छ । २-३ सय माथि नै नेपालीहरु युक्रेन छोडेको अवस्थामा रहेको एक नेपालीले बताए।
युक्रनमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक एनआरएनए र सरकारी निकाय संग पनि छैन । सरकारी निकायले अनुमानको भरमा ४ सय नेपाली युक्रेनमा हुन सक्ने बताएका छन्।
नेपालीहरु युक्रेन छोडेर पोल्याण्डको सिमाना आएको दिनदेखि त्यहाँ भएका संघ संस्था लागि परेको नेपाली नागरिक आशिष श्रेष्ठले बताए। अहिले नेपाली जनसम्पर्क समिति पोल्याण्ड त्यहाँ आएका नेपालीहरुलाई आवश्यक कुराको व्यवस्था गर्न निरन्तर रुपमा लागि परेको श्रेष्ठले बताए। अहिले पोल्याण्डमा आएका नेपालीहरुलाई त्यस क्षेत्रमा बसोबास गर्न बासस्थानको समस्या, भाषाको समस्या र अधिकांश विद्यार्थीहरु ट्रान्जिक भिसामा आएको हुनाले पैसाको समस्या देखिएको उनले बताए।
उनले भने,’अहिले सबै भन्दा बढी समस्या स्रोत र साधन रहेको छ । स्रोत फाइनान्सियल कसले गर्ने र कति सम्म गर्ने। दोस्रो कुरा भने साधन बस्ने स्थान रहेको छ।’ पोल्याण्डमा विश्वास गरेर युक्रेनबाट आएका नेपाली नागरिकलाई कसले राख्ने रहेको उनले बताए।
यो दुई समस्या तत्कालीन रुपमा समाधान गर्न सके भविष्यमा पोल्याण्डमा यस्तो समस्या पर्न नसकने उनले बताए। पोल्याण्ड युक्रेन भन्दा हरेक कुरामा सबल रहेको पनि बताए।
भिडियाे
No ads found for this position

डिसी नेपाल
Facebook Comment