युक्रेनका सर्वसाधारणलाई निस्कने सुरक्षित बाटो खोलियो

डिसी नेपाल
२४ फागुन २०७८ १५:४८
48
Shares

काठमाडौं । रुसी रक्षा मन्त्रालयका अनुसार चेर्निहिभ, सुमी, खार्किभ, मारिऊपोल र राजधानी किएभबाट सर्वसाधारणलाई बाहिर निकाल्नका लागि सुरक्षित बाटो खोलिएको छ।

विगतमा गैरसैनिकहरू हताहतिमा परेपछि त्यस्ता निकास मार्गबाट सर्वसाधारणलाई निकाल्ने प्रयासहरू असफल भएका थिए।

समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षामन्त्रीलाई उद्धृत गर्दै भने अनुसार, सशस्त्र सैन्यले युक्रेनमा स्थानीय समय अनुसार बिहानको ९ बजेदेखि आक्रमण रोकेको छ।

उत्तर-पूर्वी सहर सुमीबाट खुला गरिएको मार्गलाई आंशिक रूपमा रुसी सेनाले घेरेको छ र त्यहाँ भारी गोलाबारी भइरहेको थियो। सोमवार त्यस मार्गमा ९ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन्।

सम्झौता अनुरूप युद्ध विराम स्थानीय समय अनुसार बिहान ९:०० देखि रातिको ९ बजेसम्म कायम रहने अपेक्षा गरिएको छ।

विस्थापितहरू सुमीबाट १७५ किलोमिटर दक्षिणमा रहेको युक्रेनी सहर पोल्टावास पुग्नेछन्।

यसअघि मस्कोले युक्रेनीहरूलाई रुस लग्नका लागि राखेको प्रस्तावलाई युक्रेनले “अनैतिक र आममानिसको जीवनलाई खतरामा पार्ने चलखेलको संज्ञा दिँदै अस्वीकार” गरेको थियो।

युक्रेनले रुसी अधिकारीहरूलाई युद्ध विरामको सम्झौताको सम्मान गर्न आह्वान गरेको छ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भारत, चीन र अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि बाहिर पुर्‍याउने योजना रहेको बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *