त्रिभुवन विश्वविद्यालय परिसर भित्र एक व्यक्ति मृत फेला

डिसी नेपाल
२५ फागुन २०७८ ११:४५
52
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परिसरभित्र एक मानिस मृत अवस्थामा फेला परेका छन्।

विश्वविद्यालयको जंगलभित्र रहेको कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कीर्तिपुर प्रहरी वृत्तले जानकारी दिएको छ। शवको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनको शवलाई अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ। कसको शव हो भन्ने बारेमा अहिलेसम्म केही नखुलेको कीर्तिपुर प्रहरी वृत्तले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *