प्रधान सेनापति शर्मा र बंगलादेशका राजदूतबीच भेटवार्ता
काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीबीच भेटवार्ता भएको छ। बुधबार प्रधान सेनापति शर्मालाई भेट्न राजदूत चौधरी जंगी अड्डा पुगेका थिए।
उक्त भएमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस्ता भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप सहयोग हुने विश्वास नेपाली सेनाले दिएको जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment