सलमानको ‘भारत’ छोडेर गएकी प्रिंयकालाई लाग्यो झड्का

डिसी नेपाल
२३ साउन २०७५ १३:२९

एजेन्सी। सलमान खानको मूख्य अभिनय रहेको बलिउड चलचित्र ‘भारत’ छोडेकी नायिका प्रिंयका चोपडालाई झड्का लागेको छ। ‘भारत’ छोडेर नायिका प्रिंयका चोपडा हलिउड चलचित्र ‘काउबोइ निन्जा भाइकिङ’का लागि सम्झौता गरेकी थिइन्।

तर उक्त हलिउड चलचित्र तोकिएको मितिमा रिलिज नहुने भएपछि चलचित्रको शुटिङ तत्कालका लागि स्थगित गरिएको हो। भारतीय संचारमाध्यमले जनाए अनुसार चलचित्र ‘काउबोइ निन्जा भाइकिङ’को रिलिज मिति क्यालेन्डरबाट हटाइएको छ।

जसले गर्दा उक्त चलचित्रको शुटिङ पनि तत्काल नहुने निश्चित भएको छ। यो चलचित्र जुन २८ २०१९ मा रिलिज हुने भनिएको थियो। तर नायिका प्रिंयका चोपडाका फ्यानका लागि भने निराश हुनुपर्ने छैन।

चलचित्रको रिलिज मिति मात्रै सारिएको हो बन्द भने नहुने बताइएको छ। चलचित्रमा पनि लिड नायिकाको रुपमा प्रिंयका नै रहने भारतीय संचारमाध्यममा उल्लेख गरिएको छ। तर चलचित्रको शुटिङ हालसालै नहुने भएपछि प्रिंयका भने मारमा परेकी छन्।

शुटिङ कहिले हुने हो भन्ने टुङ्गो नलागेपछि प्रिंयकालाई पनि समय मिलाउन समस्या पर्ने देखिएको छ। उता बोइफ्रेन्डसँग इङ्गेजमेन्ट गरिसकेकी प्रिंयकाको आउदो सेप्टेम्बरमा विवाह हुने चर्चा पनि भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *