तारागाँउ विकास समितिको सदस्य सचिवमा नारद लुईटेल नियुक्त

डिसी नेपाल
२५ फागुन २०७८ १७:२७
68
Shares

काठमाडौं । तारागाँउ विकास समितिको सदस्य सचिवमा नारद लुईटेल नियुक्त भएका छन् । उनले आज पदभार ग्रहण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस समितिको अध्यक्ष सहित सदस्य सचिवको जिम्मेवारी सम्हालेका लुईटेल यसअघि पनि दुई वर्षअघि अवधि सकिएपछि विदा भएका थिए ।

समितिले तारा गाउँ विकास समितिको पहलमा नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने, पर्यटकीय जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने, सम्भाव्य ग्रामीण पर्यटकीय स्थलहरूको अध्ययन अनुसन्धान गर्ने, ग्रामीण पर्यटन पूर्वाधारको विकास र विस्तार गर्ने लगायत गतिविधिहरू भइरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *