बैंकिङ कसुरमा नौ लाख जरिवाना र चार दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं। ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन्।
हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो। फैसला गरेसँगै उनी फरार भएका थिए। उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए। विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment