पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भए सिडि विजय अधिकारी (हेर्नुहोस् भिडियो)
काठमाडौँ , कान्तिपुर टेलिभिजन मार्फत प्रशारण हुने चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालु को पहिलो ‘भ्वाइस अफ नेपाल’ सिडि विजय अधिकारीले उपाधी प्राप्त गर्न सफल भएका छन् ।गएराती कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा चारजना चर्चित कोचहरुको प्रत्येक टिमबाट अन्तिम प्रतिस्पर्धामा पुगेका ४ जनामध्ये भ्वाइस अफ नेपाल घोषणा गर्दा गायक सिडीले उपाधि जित्न सफल भएका हुन् ।
टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् ।उक्त शोमा नेपालका चर्चित हाँस्य कलाकार धुर्मुस सुन्तली अर्थात कुञ्जना घिमिरे र सिताराम कट्टेल पनि उपस्थित भएका थिए ।सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment