वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँको टोखाबाट शुक्रबार उनलाई पक्राउ गरेको हो ।
बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटेर दिएकामा उक्त चेक नसाटिएपछि उनीमाथि वैंकिङ कसुरमा मुद्दा चलेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंँमा पेश गरिएको व्यूरोले जानकारी दिएको छ ।







डिसी नेपाल








Facebook Comment