मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

डिसी नेपाल
४ चैत २०७८ २३:१८
72
Shares

मोरङ ।  फागु पूर्णिमा(होली)को दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु हुनुका साथै मोरङमा ४१३ सवारी साधन कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ । यस्तै मापसे सेवन गरी होहल्ला गरी हिड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.