प्यूठानमा बस दुर्घटना हुँदा बालिकाको मृत्यु, ३० जना घाइते, २० घाइतेको अवस्था गम्भीर
काठमाडौं । प्युठानमा एक यात्रुवाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ३० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
प्यूठानबाट दाङ जादै गरेको बस दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । सो दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको हो ।प्युठानको अरङखोला ढिका वनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न दुर्घटना भएको थियो ।
दुर्घटना साढे १२ बजेतिर भएको हो । अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य गरी घाइतेहरुलाई अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment