पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भूभागमा वर्षाकाे सम्भावना
काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसकारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। अन्य भूभागमा पनि आंशिक बदली रहने छ।
पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।
राति पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment