बलेफी हाइड्रोपावरको आइपिओ चैत १६ गतेदेखि आउँदै, क-कसले पाउँछ भर्न ?
काठमाडौँ। बलेफी हाइड्रोपावर कम्पनीको १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ चैत १६ गतेदेखि आउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस आइपिओमा चैत्र २१ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयसम्ममा सभी आइपिओ बिक्री नभएमा ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
यस आइपिओमा बिक्री प्रबन्धकको काम ग्लाेबल आईएमई क्यापिटलले गर्ने भएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ।







डिसी नेपाल








Facebook Comment