मंगलबार पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
८ चैत २०७८ ११:१८
624
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको भाउ बढेको छ। मंगलबार छापावाला सुन प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

सोमबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रति तोला २० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ।  सोमबार एक हजार तिन सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.